डडेल्धुराः जिल्ला सदरमुकाम डडेल्धुराका होटलमा राखिएको ससमा ढुसी भेटिएको छ।
ग्रिन माउन्टेन कृषि विकास फर्म अमरगढी नगरपालिका–४ ले उत्पादन गरेको ‘जीएम सस’को सिल नखोलेको बोतल भित्र सोमबार जिल्ला सदरमुकामको एक होटलमा उपभोक्ताले चाउमिनमा प्रयोग गरिरहेको ससमा ढुसी भेटिएको हो।
१७ मे २०२३ अर्थात् ३ जेठ २०८० मा उत्पादन मिति रहेको ‘जीएम सस’ ९ महिना प्रयोग गर्न सकिने भनिए पनि उक्त ससमा ४ महिना नपुग्दै ढुसी भेटिएको हो।
ग्रिन माउन्टेन कृषि विकास फर्मले ‘जीएम सस’मा नाममा गुणस्तहीन सस पठाएर उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरेको स्थानीय रमेश अवस्थीले बताए।
Facebook Comments Box