कैलाली: कैलालीमा झण्डै १५ लाख रुपैयाँको अवैध सामान फेला परेको छ । बुधवार प्रहरीले १४ लाख ६६ हजार रुपैयाँ बराबरको भन्सार छलीको अवैध सामान फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उप–महानगरपालिका-२ मिलन चोकमा भारतबाट भन्सार छली ल्याइएका अन्दाजी ११ लाख ४ हजार मूल्यका मोटर पाट्सहरु र कपडा बेवारिसे अवस्थामा फेला परेका हुन् ।
त्यस्तै, धनगढी-४ ओमशान्ति टोलबाट अन्दाजी ९१ हजार मूल्यका कपडा, भजनी नगरपालिका-५ कुटीबाट २ लाख ७१ हजार मूल्यका कपडा र से.प.२७५ नम्बरको मोटरसाइकल बेवारिसे अवस्थामा फेला परेबका हुन् ।
बेवारिसे अवस्थामा फेला परेका ती सामान बरामद गरी भन्सार कार्यालय त्रिनगर र सत्तीमा बुझाएको कैलाली प्रहरीले जनाएको छ ।
Facebook Comments Box