काठमाडौँ: नेपाली कांग्रेसका पूर्व सह–महामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार नुवाकोटको विदुर नगरपालिकाका श्यामबाबु सापकोटालाई खुकुरीसहित पक्राउ गरिएको हो ।
बुधवार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा सहभागी भई निस्किने क्रममा यादवमाथि खुकुरी प्रहार भएको थियो । उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box