धनगढीः नेपाल र चीनको सीमानाका समेत जोफिएको क्षेत्र दार्चुलाको तिंकरमा सशस्त्र प्रहरी बलले वोर्डर आउट पोष्ट स्थापना गर्ने भएको छ।
पर्सि (शुक्रवार) जिल्लाको व्यासँ गाउँपालिका–१ तिंकरमा सशस्त्र प्रहरी बलको वोर्डर आउट पोष्ट स्थापना हुने सुदूरपश्चिमका डिआइजी कुमार न्यौपानेले जानकारी दिए। उनका अनुसार वोर्डर आउट पोष्ट स्थापनाका लागि सशस्त्र प्रहरी नायब महानिरीक्षक (एआइजी) वंशीराज दाहाल दार्चुला पुगेका छन्।
भोलि उनी सीमामा पुगेर पर्सि विओपी स्थापना गरिने बताइएको छ। विशेषगरी सो क्षेत्रमा चीन सीमा नजिक उक्त क्षेत्रबाट हुने अपराध नियन्त्रण लागुऔषध ओसारपसारजस्ता आपराधिक गतिविधिलाई नियन्त्रण गर्नका लागि तथा सीमानाकामा हुने विवाद रोक्न सशस्त्रले काम गर्ने जनाइएको छ।
यो क्षेत्रमा हिमपात हुने भएकाले सो समयमा प्रहरी र स्थानीय ६ महिनामात्रै बस्ने र ६ महिनाका लागि तल झर्ने गर्दछन्।