बैतडी: बैतडीमा चितुवाको आक्रमणबाट घाइते किशोरीलाई उपचारका लागि धनगढी पुगाइएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका–३ बगरेठी मेलडुङरीकी १७ वर्षीया पूजा लोहारलाई थप उपचारका लागि डडेल्धुराबाट धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
पूजालाई बिहीवार मध्यान्ह साढे १२ बजेतिर घर नजिकै तालिगाडरोल बनमा घाँस काटिरहेका बेला चितुवाले आक्रमण गरेको थियो। चितुवाको आक्रमण पछि घाइते किशोरीलाई उद्धार गरेर मेलौलीस्थित केशपुर प्राथमिक स्वास्थ्यकेन्द्रमा पुर्याएर सामान्य उपचारपछि डडेल्धुरा रेफर गरिएको थियो। टाउकोमा रगत जमेको र हड्डीमा पनि चोट पुगेकाले त्यहाँबाट थप उपचारका लागि धनगढी रेफर गरिएको बताइएको छ।
उनको अहिले मायामेट्रो अस्पतालमा आईसियूमा राखेर उपचार भइरहेको छ।
Facebook Comments Box