कञ्चनपुरः कञ्चनपुरमा लागुऔषध सेवन गरिरहेको अवस्थामा एक युवक पक्राउ परेका छन्।
जिल्लाको भिमदत्त नगरपालिका २ भाँसीका २२ वर्षीय अबिषेक चौधरीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिइएको प्रहरी टोलीले बाटोमा बसी लागुऔषध प्रयोग गरिरहेको अवस्थामा फेला पारि बिहीवार पक्राउ गरेको जनाएको छ।
चेकजाँच गर्दा उनको साथमा ०.०५ ग्राम लागुऔषध खैरो हेरोइनसमेत फेला पारि नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।
Facebook Comments Box