धनगढी: सुदूरपश्चिम प्रदेशसभाकाे सार्वजनिक लेखा समितिले ऐन विपरीत सत्ता पक्षका संसदीय दलका नेताहरूले प्रयाेग गरिरहेका गाडी फिर्ता गर्न निर्देशन दिएको छ।
बिहीबारकाे बैठकले प्रदेशसभा सचिवालयबाट प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरू सेवा सुविधा सम्बन्धि ऐन विपरीत प्रयाेग गरिरहेका गाडी फिर्ता गर्न निर्देशन दिएकाे हाे।
लेखा समितिका ज्येष्ठ सदस्य बिक्रम धामीले तीन दिनभित्र गाडी प्रदेशसभा सचिवालयलाई फिर्ता गर्न निर्देशन दिइएकाे बताए। प्रदेशसभाका पदाधिकारी तथा सदस्यकाे सेवा सुविधा सम्बन्धि ऐनमा भएकाे व्यवस्था विपरीत गाडी सुविधा लिएकाे भेटिएपछि फिर्ता गर्न निर्देशन दिइएकाे उनले बताए।
Facebook Comments Box