धनगढी: नेपालको एक राष्ट्रिय टेलिभिजनको कार्यालयमा ताला लगाइएको छ। अर्थ न्युज टिभीको केन्द्रीय कार्यालयमा ताला लगाइएको हो। श्रमजीवी पत्रकार संघ अर्थ न्युज टिभी संघर्ष समितिले पत्रकारहरुलाई पारिश्रमिक नदिएको भन्दै तालाबन्दी गरिएको जनाएको छ।
तलब नदिएको र झुकाउने काम गरेकाले ताला लगाइएको श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैशीले बताए। उक्त टिभीबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामेछानेकी भाउजू पुनम पौडेलसहितका पत्रकारले तलब पाएका छैनन्।
रविका दाइ हरिशरण लामिछानेकी पत्नी पौडेलसहितका पत्रकार अहिले तलब माग गर्दै आन्दोलनमा उत्रिएका छन्।उनीहरुले आफ्नो पारिश्रमिक दिनुपर्ने भन्दै यसअघि कार्यालय घेराउसमेत गरेका थिए। टेलिभिजनका कार्यकारी निर्देशक कमल शाहले झुक्याएको र झुलाएको श्रमजीवीहरुको आरोप छ।
झण्डै छ दर्जन श्रमजीवी पत्रकार तथा कर्मचारी कार्यरत अर्थ न्यूज टेलिभिजनको प्रसारण हाल बन्द छ। टेलिभिजनका सञ्चालक केदारनाथ शर्मा निक्षेपकर्ताको निक्षेप हिनामिना गरेको आरोपमा प्रहरी हिरासतमा पुगेपछि प्रशारण रोकिएको हो। प्रसारण बन्द हुनुअगावैको महिनौंदेखिको तलब र सेवासुविधा बाँकी रहेको श्रमजीवीहरुको भनाई छ।
यस्ता छन् मागहरु