धनगढी: कञ्चनपुरमा क्रसरमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ। जिल्लाको बेदकोट नगरपालिका–७ स्थित सुन्दरपुरमा सञ्चालित क्रसर उद्योगमा करेन्ट लाग्दा एक मजदुरको मृत्यु भएको हो।
प्रहरीका अनुसार उदयदेव अनमोल क्रसर उद्योगमा करेन्ट लागेर बिहीबार साँझ भारतको उत्तर प्रदेश सहारानपुरका २५ वर्षीय फैजन भन्ने फरमान अन्सारीको मृत्यु भएको हो।
प्रहरीका अनुसार मेसिनबाट करेन्ट लाग्दा गम्भीर घाईते भएका फरमान महेन्द्रनगरस्थित एक अस्पतालमा उपचारका क्रममा बितेका हुन्।
उक्त क्रसर भीमदत्तको एक भ्रष्टाचार काण्डमा प्रतिवादी हुनुपर्ने तर पहुँचका आधारमा चोख्याइएका तेजबहादुर चन्द र व्यवसायी नारद पाण्डेको रहेको खुलेको छ। घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box