धनगढीः कैलालीका विभिन्न स्थानबाट भन्सार छलिका अवैध सामान प्रहरीले बरामद गरेको छ।
जिल्लाको धनगढी उप–महानगरपालिका–१ शान्तिनगरबाट भन्सार छलीका अन्दाजी करिब ५० हजार मुल्य बराबरका साडी, लेडिज सुट, धोती, लेहंगा लगायतका सामानहरु बरामद गरेको प्रहरीले जनाएको छ।
यस्तै धनगढी उप–महानगरपालिका–३ बिशालनगरबाट अन्दाजी करिब १५ हजार मुल्य बराबरका भन्सार छलीका लेडिज सुट, लेहंगा, धोती लगायतका सामान शुक्रवार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
Facebook Comments Box