बर्दिया: बाघको आक्रमणबाट बर्दियाको मधुवन नगरपालिका- ३ की एक महिलाको मृत्यु भएको छ। शुक्रवार घर नजिकैको सम्झना सामुदायिक वनमा घाँस काट्न गएका बेला कली बंशी मगरलाई बाघले आक्रमण गरेको थियो।
दिउँसो करिब एक बजे घाँस काट्न गएकी उनी अबेरसम्म नफर्किएपछि आफन्तहरुले खोजी कार्य सुरु गरेका थिए। खोज्ने क्रममा उनले लगाएको कपडा च्यातिएको अवस्थामा भेटिएपछि नजिकैको शशस्त्र प्रहरीको टोलीलाई खबर गरेर थप खोजी गरिएको आफन्तको भनाई छ।
मृतकको शव घटना स्थलबाट केही पर बाघले दायाँ हात खाएको अवस्था फेला परेको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी द्रोणराज शर्माले बताए।
Facebook Comments Box