इटहरी: सुनसरीको बर्जुमा गाउँपालिका १ शुक्रबारेमा दुई जना प्रहरी लुटिएका छन्। ड्युटीमा गरिरहेक सादा पोसाकमा रहेका २ जना प्रहरीलाई चिर्पटले हानेर ठूलो चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउण्ड गोली लुटेको प्रहरीले जनाएको छ।
सादा पोसाकमा ड्युटीमा रहेका बिमन परियार र प्रेम चौधरीलाई अन्दाजी चार जनाको संख्यामा रहेको समूहले आक्रमण गरेको हतियार लुटेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए। रेग्मीका अनुसार आक्रमणबाट प्रहरी जवान परियारको टाउकोमा चोट लागेको छ।
Facebook Comments Box