दार्चुलाः दार्चुलाको तिङ्करमा सशस्त्र प्रहरी बलको नेपाल बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ। जिल्लाको व्याँस गाउँपालिका-१ छयाँलेकमा बीओपी स्थापना गरिएको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाका अनुसार चीन सीमा नजिक तिङ्करमा बीओपी स्थापना गर्न प्रहरी नायब महानिरीक्षक वंशीराज दाहाल (एआईजी)को टोली तिङ्कर पुगेको थियो।
तिङ्करमा बीओपी स्थापना भएसँगै जिल्लामा बीओपीको सङ्ख्या पाँच वटा पुगेको छ। दार्चुलाको दुम्लिङ, दत्तु, जोलजीवी सुन्सेरा र लालीमा बीओपी स्थापना भएका छन्।
तिङ्करमा सशस्त्र प्रहरी निरीक्षक जनकबहादुर पौडेलको नेतृत्वमा २० जनाको टोली बस्ने बताइएको छ।
Facebook Comments Box