धनगढी: नागरिक उन्मुक्ति पार्टी परित्याग गरेका नेता सुरेन्द्र चौधरीले पार्टीका संरक्षक रेशमलाल चौधरीले हत्यारा हुुँ भनेर दुुनियाँ सामुु माफी मागेको खुलासा गरेका छन्। तत्कालीन समयमा नाउपाका वरिष्ठ नेता तथा राजनीतिक संवाद समितिका संयोक रहेका चौधरीले हत्यारा हुुँ भन्दै राष्ट्रपति समक्ष कैद माफीका लागि निवेदन चढाएको र पार्टीलाई व्यक्तिगत स्वार्थ पूरा गर्ने हतियार बनाएको बताएका हुन्।
शनिबार धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै चौधरीले टीकापुर घटनामा धेरै निर्दोष व्यक्तिलाई फसाइएकाले उनीहरुको न्यायका लागि राजनीतिक शक्ति बनाएर जाने योजनाअनुसार नै नागरिक उन्मुक्ति पार्टीको जन्म भएको समेत बताए। तर पार्टीका संरक्षक रेमश चौधरी राजनीतिक रुपमा समाजलाई उत्तेजित पारी व्यक्तिगत फाइदा उठाउन लागेपछि पार्टी छाडेको उनको भनाइ छ।
‘हामी रेशम चौधरी निर्दोष भनेर बोल्यौ, अभियान नै चलायौँ तर उहाँले म हत्यारा हु। भन्दै कैद माफीका लागि राष्ट्रपति समक्ष निवेदन चढाउनुभयो। सारा दुुनियाँका अगाडी छर्लङग हुुनेगरी माफी माग्नुभयो तर एक्लै निस्किनुुभयो। आफैसँग जेल जीवन बिताइरहेका चार जनाको नाम पठाउनुभएन,’ चौधरीले भने, ‘त्यति मात्र होइन भविष्यमा मैले कुनै अवाञ्छित क्रियाकलापत गरेको प्रमाण भेटिए सरकारले कैद माफी फिर्ता लिनसक्नेछ भनेर हस्ताक्षर गरिदिनुभयो।’
चौधरीले टीकापुुर घटना राजनीतिक प्रकृतिको भएकाले सोहीअनुसार व्यवस्थापन गर्नुुपर्ने भन्दै रेशमलाई रोक्ने प्रयास समेत गरिएको दाबी गरे तर नसकिएको बताए। टीकापुर घटनाका निर्दोषको न्यायका लागि लड्ने र संविधानले दिएको समावेशिताको अधिकारका लागि पहल गर्ने उद्देश्यले स्थापना गरिएको पार्टीमा नातावाद, परिवारवाद हाबी भएकै कारण आफूले पार्टी परित्याग गरेको चौधरीको भनाई रहेको छ।
‘उहाँलाई आफुु छुट्नुु थियो। श्रीमतीलाई मन्त्री बनाउनु थियो। त्यसैले राजनीतिक रुपमा समाज र चेतनास्तर कम भएका थारुहरुलाई उत्तेजित बनाएर व्यक्तिगत स्वार्थ पुरा गर्ने नियत देखाएपछि पार्टी त्यागेको हुँ,’ चौधरीले भने।
रेशमले २५ हजार रुपैयाँमा केन्द्रीय सदस्य पद बिक्रि गर्दै आएको आरोप समेत उनले लगाएका छन्। ‘मान्छेलाई केन्द्रीय सदस्य बनाइदिन्छु भन्दै २५ हजार रुपैयाँ उठाउने, पछि नविकरण नगर्ने, नातागोता र परिवारका व्यक्तिको मात्र नवीकरण गर्ने जस्ता काम उहाँले गर्दै आउनुभएको छ,’ चौधरीले भने। उनले नातावाद र परिवारवादकै कारण रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी छाड्नेको लहर चलेको चौधरीको दाबी थियो।