डोटी: केआईसिंह राजमार्ग अन्तर्गत डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर २ रडुवामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ। शनिबार रातिदेखि लगातार भइरहेको वर्षाका कारण पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ।
सडक अवरुद्ध हुँदा दुईतर्फी बाटो बन्द भएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए। वर्षा नरोकिएको हुँदा पहिरो हटाउन नसकिएको उनले बताए।
आइतवार बिहान पनि वर्षाका कारण राजमार्ग सुचारु गर्न सकिएको छैन। प्रहरीका अनुसार राजमार्गको माथिबाट पहिरोले ढुङ्गा र रुखहरू बगाएको छ। वर्षा नरोकिएको र पहिरो जाने क्रमसमेत जारी रहेकाले सडक मर्मतको काम सुरु समेत भएको छैन। वर्षा रोकिएपछि मर्मतको काम सुरु गर्ने प्रहरीले बताएको छ।
राजमार्ग अवरुद्ध हुँदा ३ पहाडी जिल्ला डोटी, अछाम र बाजुरामा आवतजावत रोकिएको छ।
Facebook Comments Box