काठमाडौँ: जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणका १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । अदालतले पक्राउ परेका १८ मध्ये १७ जनालाई धरौटी र एक जनालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।
न्यायाधीश भोलानाथ ढकालको इजलासले केशव तुलाधरबाहेक सबै आरोपितलाई धरौटीमा छाड्ने आदेश दिएको छ ।
कोसँग कति धरौटी माग ?
केशव तुलाधर,साधारण तारेखमा रिहा,
शिवजी भट्ट–३ लाख ३० हजार
रुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजार
बालकृष्ण श्रेष्ठ –७ लाख ५० हजार
कलाधर देउजा –१५ लाख
घमन कुमार कार्की– ७ लाख ५० हजार
गोपाल कार्की –७ लाख ५० हजार
विनोद पौडेल– १५ लाख
योगराज पौडेल– ७ लाख ५० हजार
नारायणराज मिश्र –७ लाख ५० हजार
अरुण कुमार श्रेष्ठ –७ लाख ५० हजार
ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार
बाबुराजा महर्जन– १ लख १० हजार
देवनारायण महर्जन – १ लाख १० हजार
सकलानन्द महर्जन– १ लाख १० हजार
सञ्जय कुमार महर्जन– १ लाख १० हजार
लोकरि घिमिरे –७ लाख ५० हजार