कैलाली: वैदेशिक रोजगारीमा पठाउने भनी लाखौँ रकम ठगी गर्ने कैलालीका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
टर्की पठाउने भनी २ लाख ५० हजार रुपियाँ लिई सम्पर्कविहीन २३ वर्षीय चित्रबहादुर मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
स्थायी घर कैलाली रही अहिले काठमाडौंको मित्रनगर नयाँ बसपार्क बस्ने मगरले टर्कीको होटलमा काम गर्न ५ लाख रुपियाँ लाग्ने र मासिक तलब १ लाखभन्दा धेरै हुन्छ भनी निशान खड्कालाई प्रलोभनमा पारेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
Facebook Comments Box