मकवानपुर: मकवानपुर प्रहरीले ७१ केजी गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर जिल्ला, कैलाश गाउँपालिका वडा नम्बर १ का ३५ वर्षीय गणेश थापा रहेका छन्। उनलाई पूर्वपश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिका ९ रजैयाबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
थापाले प्रयोग गर्ने बा ६ च १८४७ नम्बरको कारको डिक्कीका लुकाई राखेको अवस्थामा ७१ किलो ११५ ग्राम लागुऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
Facebook Comments Box