बैतडी: आइतवार दिउँसोदेखि अवरुद्ध बैतडीको खोड्पे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग खुलेको छ ।
अविरल वर्षापछि ठुलो ढुंगा खसेर अवरुद्ध बनेको राजमार्ग आज बिहान १०:३० बजेबाट सुचारु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ ।
पाटन नगरपालिका-८ को झौलेक मोड नजिक सडकमाथिबाट ढुंगा खस्दा राजमार्ग अवरुद्ध भएको थियो । दुई वटा जेसीबी लगाएर पनि ढुंगा फाल्न नसकिएपछि बझाङको झोताबाट लोडर मगाएर राजमार्ग सुचारु गरिएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box