काठमाडौँः प्रहरीले नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित एक जना सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएको छ । बाँके प्रहरीका अनुसार आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई नियन्त्रणमा लिइएको हो ।
उनी सोमवार बिहान ८ः४५ बजेको श्री एयरको उडानमा नेपालगञ्जबाट काठमाडौँ आउने तयारीमा थिए । सोही क्रममा चेकजाँच गर्दा अधिकृत सापकोटा र दीपक पौडेलसँग नेपाली २६ लाख रुपैयाँ बरामद भएको हो ।
अर्का अधिकृत पौडेल फरार भएका र व्यापक मात्रामा प्रहरी परिचालन गरी खोजी कार्य भइरहेको बाँके प्रहरीले जनाएको छ । बरामद रकमको स्रोतबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box