दार्चुला– स्थानीय तह निर्वाचनलाई लक्षित सत्तारुढ दलहरुको गठबन्धन सहमति नजिक पुगेको छ । दुई दिनदेखि निरन्तर छलफलमा रहेको गठबन्धनको बैठक सबै स्थानीय तह र वडातहसम्म सहमति नजिक पुगेको हो ।
गठबन्धन दलका बैठकमा अहिलेसम्म नेपाली काग्रेसले २ नगरपालिकासहित ६ वटा स्थानीय तह र नेकपा माओवादी केन्द्रले ३ वटा स्थानीय तहमा नेतृत्व गर्ने सहमति भएको छ ।
नेकपा माओवादी केन्द्रले अपिहिमाल गाउँपालिका,मार्मा गाउँपालिका र नौगाड गाउँपालिका पाउने सहमति करिब टुंगिएको छ । नेपाली काग्रेसले महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, लेकम गाउँपालिका, मालिकार्जुन गाउँपालिका, दुहुँ गाउँपालिका र व्याँस गाउँपालिका पाउने सहमति छ ।
तर गठबन्धनभित्र मार्मा गाउँपालिका, दुहुँ गाउँपालिका लगायतमा वडा र पालिका उपप्रमुख पाउने विषयमा सहमति भएको छैन् । माओवादी केन्द्रले दुहुँ गाउँपालिका केन्द्रमा उपाध्यक्ष पाउनुुपर्ने शर्त राखेको छ । भने काग्रेसले व्याँस गाउँपालिका दिन सहमत छ । यस्तै महाकाली नगरपालिकामा पनि माओवादी केन्द्रले उपप्रमुख पाउनुपर्ने अडान राखेको छ ।
तर गठबन्धनको बैठकमा सहभागि माओवादी केन्द्रका नेता जमनसिह धामी अहिलेसम्म गठबन्धनको विषयमा छलफल सकारात्मक अघि बढेको बताउनुहुन्छ। सहमति सकारात्मक छ, तर ठोस निर्णयमा कहि पुगि को छैन् । उहाँले अहिले छलफलकै विषयमा भएकोले स्थानीय तहको जिम्मेवारी बाँडफाड टुंगि नसकिएको बताउनुभयो ।
एमालेले जितेका स्थानीय तहको भागवण्डाको विषयमा गठबन्धनबीच बाँडफाड गर्ने सहमति भएपनि एक्लै जितेको स्थानीय तहको विषयमा सहमति हुन नसकेको काग्रेस जिल्ला कार्य समिति सचिव पुलेन्द्रबहादुर कार्की बताउनुहुन्छ । सकारात्मक रुपमा छलफल अघि बढेको छ, त ठोस निर्णय र निष्कर्षमा पुगेका छैनौ उहाँले भन्नुभयो । जिल्लाका सबै स्थानीय तहको वडातहसम्मै सहमति गरेर अघि बढ्ने विषयमापनि छलफल भइरहेको छ ।
तर कतिपय गठबन्धनभित्रकै नेताहरुले भने गठबन्धन फलदायी हुनेमा आंशका व्यक्त गरेका छन् । अहिलेकै अवस्थामा गठबन्धन टिक्ने हो कि हैन, एक जना माओवादी नेताले भन्नुभयो, अडान सबैका यथावत छन् ।