कञ्चनपुरः कञ्चनपुरमा प्रहरीले भन्सार छलीका सामान फेला पारी बरामद गरेको छ । जिल्लाको भीमदत्त नगरपालिका–११ चौकीसत्ता भाइरल रोडबाट करिब १७ हजार मूल्यका अवैैध मटर प्रहरीले बरामद गरेको हो ।
त्यस्तै, बेलौरी नगरपालिका–६ काठेपुलबाट पनि करिब ४६ हजार एक सय मूल्यका चिनी, मैदा, डिउ, तेल लगायतका खुद्रा सामानहरु बरामद गरेको छ ।
ती सामान आइतवार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेको बताइएको छ ।
Facebook Comments Box