काठमाडौँ: भैरहवा विमानस्थलमा बुद्ध एअरको विमानमा स्याल ठोक्किएको छ । ७२ जना यात्रु लिएर रन वेमा दौडिरहेको बुद्धको उडान नम्बर यु४–८५२ ९९एन–एएनएच०विमानमा स्याल ठोक्किएको हो ।
आज बिहान काठमाडौँतर्फ उड्न तयार सो विमानमा स्याल ठोक्किएपछि रन वेबाट पार्किङमा ल्याइएको थियो । प्राविधिक जाँचपश्चात् झण्डै दुई घण्टापछि सवा ११ बजे विमान भैरहवाबाट उडेको थियो ।
Facebook Comments Box