काठमाडौँ: कालीगण्डकी गाउँपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाएको छ ।
रिक्त नै नभएको अवस्थामा आफूसँग समन्वयसमेत नगरी पठाएको भन्दै पालिकाले शाखा अधिकृत राजीव रिमाललाई मन्त्रालयमा नै काज फिर्ता गरेको हो ।
कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले संघीय मामिला तथा प्रशासन मन्त्रालयमा नै काज फिर्ता गरिएको पत्रमार्फत जनाएका छन् ।
‘तीन तहको सरकारमध्ये सबैभन्दा बढी प्रत्यक्ष रूपमा जनतासँग जोडिएको सरकारसँग सल्लाह नै नगरी कामकाजमा खटाइएको विषयमा हाम्रो गम्भीर आपत्ति रहेकोले मन्त्रालयबाट खटाइनुभएका प्रमुख प्रशासकीय अधिकृत राजीव रिमाललाई कार्यालयमा राखी कामकाजमा खटाउन असमर्थ भएकाले उहाँलाई हाजिर नगराई फिर्ता पठाइएको ब्यहोरा जानकारी गराइन्छ’ पत्रमा भनिएको छ ।
मन्त्रालयले भदौ ४ गते रिमाललाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा खटाएको थियो ।