धनगढीः कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको टिकापुर नगरपालिका-९ खक्रौलाबाट २ ग्राम लागुऔषध खैरो हेरोइनसहित सोही नगरपालिका वडा नम्बर-७ बस्ने २२ वर्षीय रोशन बुढालाई सोमवार साँझ प्रहरीले पक्राउ गरेको हो।
प्रहरी चौकी कालाकुण्डाबाट खटिइएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागुऔषध फेला पारी पक्राउ गरेको जनाएको छ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
Facebook Comments Box