बैतडी: बैतडीका एक युवकको भारतमा मृत्यु भएको छ । जिल्लाको शिवनाथ गाउँपालिका–१ कुँडका अन्दाजी २८ वर्षीय सुरेन्द्र साउँदको मंगलबार मृत्यु भएको हो ।
रोजगारीको सिलसिलामा भारतको दिल्लीमा रहेका उनको हृदयघातका कारण मृत्यु भएको उनका आफन्त समेत रहेका नेपाली कांग्रेस बैतडीका सहसचिव दशरथ चाडले बताए ।
मृतक साउँदका एक छोरी र श्रीमती छन् । उनीहरु पनि दिल्लीमै रहेका बताइएको छ ।
Facebook Comments Box