काठमाडौं: आफैले असइको फुली लगाउने ४२ नगर प्रहरीलाई काठमाडौं महानगरलपालिकाले निलम्बन गरेको छ । महानगरले उनीहरुलाई ३० दिनका लागि निलम्बन गरेको हो।
महानगले औपचारिक कार्यक्रम आयोजना गरेर दर्ज्यानी चिह्न दिनुपर्ने भएपनि उनीहरुले आफूखुसी फुली लगाएर हिँडेको भेटिएको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए।
नगर प्रहरीहरूलाई ३० दिन निलम्बन गरेर छानबिन गर्न समितिसमेत गठन गरिएको छ ।
Facebook Comments Box