काठमाडौं: सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेकी नायिका एलिजा गौतम पुनः नागरिक उन्मुक्ति पार्टीमा फर्किन लागेको बताइएको छ।
राजीनामा अस्विकृत भएपछि एलिजा गौतम पुनः नागरिक उन्मुक्ति पार्टीमा फर्किने पार्टीका संरक्षक रेसम चौधरीले जानकारी दिएका छन्। गौतम असोज १२ र १३ गते हुने केन्द्रीय समितिको बैठकमा समेत सहभागी हुने चौधरीले बताए।
गत असार २ गते धरान पुगेकी उनले मेयर हर्क साम्पाङको कामबाट प्रभावित भएको भन्दै आफूले सक्रिय राजनीतिबाट बिदा लिएको र आगामी दिन समाजसेवामा सक्रिय हुने बताएकी थिइन्। गत माघ १४ गते उनी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन्।
Facebook Comments Box