बैतडी: बैतडीको दशरथचन्द नगरपालिका-६ थालिगडास्थित कालिका माविमा अज्ञात समूहले आगजनी गरेको छ ।विद्यालयका प्रधानाध्यापक पदमराज लेखकका अनुसार अफिस कोठाको ढोका फुटालेर भित्र रहेका कागजपत्र ग्यालरीमा ल्याएर जलाइएको छ ।
आगजनीबाट सर्टिफिकेट, मार्कसिट, बैंकमा दाखिला गरेका भौचर, हाजिरी रजिष्टर, दर्ता चलानी लगायतका महत्वपूर्ण कागजपत्र नष्ट भएका बताइएको छ । आगजनी कसले गरे भन्ने खुलेको छैन । मंगलवार राति आगजानी भएकोमा बुधवार बिहानमात्रै जानकारी पाएको प्रधानाध्यापक लेखकले बताए ।
यस्तै, विद्यालय नजिक रहेको उद्धवसिंह कार्कीको किराना पसलबाट पनि ९ हजार ३ सय मूल्य बराबरको धनमाल चोरी भएको छ । आगजनी र चोरीको विषयमा निवेदन आएको र आगजनी र चोरी गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Facebook Comments Box