एजेन्सी: खानाको बारेमा विवाद हुँदा एक महिलाले आफ्नै श्रीमानमाथि छुरा प्रहार गरेकि छिन्। घटना भारतस्थित उत्तर प्रदेशमा पर्ने भारत नगरको पिपल अड्डाको हो। जहाँ विनीत शर्मा दिनभर काम गरेर बुधबार साँझ ७ः३० बजे घर पुगेका थिए। उनले आफ्नी श्रीमती मोहिनीलाई अण्डाको करी बनाउन भने। यही विषयलाई लिएर श्रीमान–श्रीमतीबीच झगडा भएको थियो।
आक्रमणमा परी घाइते भएका श्रीमानलाई अस्पताल भर्ना गरिएको छ। अहिले उनको अवस्था खतरामुक्त छ। घटनाको बारेमा कुनै उजुरी नपरेको प्रहरीले जनाएको छ।
Facebook Comments Box