काठमाडौं: नेपाल कानून समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले यौन शोषणको आरोप लागेको छ। विभिन्न प्रलोभन देखाएर उनले एक महिलामाथि विगत ३ वर्षदेखि यौन शोषण गर्दै आएका पीडित महिलाले बताएकी छन्।
चिनजानकी एक दिदीमार्फत सन् २०१९ मा कृष्णमान प्रधानसँग परिचय भएको ती महिलाले बताइन्। उनले आईएनजीओमा जागिर लगाइदिने तथा सबै गरिदिन्छु भन्दै जिन्दगीभर श्रीमती जस्तै बनाएर राख्ने प्रलोभन देखाएको महिलाले बताइन्। प्रधानले यसरी निरन्तर आफूलाई यौन शोषण गरिरहने महिलाको भनाई छ।
कृष्णमानले नेपाल कानून समाजकै कार्यालयमा जागिर लगाएर त्यहाँ पनि ५ महिनासम्म यौन शोषण गरेको महिला बताउँछिन्। तर, विभिन्न जालझेल गरेर कृष्णले आफूमाथि गरेको शोषणका प्रमाण मेटाइएको उनको दाबी छ। मोबाइलमा रहेल प्रमाण कृष्णका भाई गणेशमान र उनका कर्मचारी एलिश श्रेष्ठले मेटाइदिएको महिलाले बताइन्।
महिलाले महिला सेलमा उजुरी दिएको तर कृष्णमानले शक्तिको प्रयोग गरेर प्रक्रियामा नजाने बनाएको उनको दाबी छ। अहिले उनीले सहमतिको शारिरीक सम्बन्ध हो भन्ने देखाउन खोजेको महिलाको दाबी छ।
लामो समयसम्म आफूमाथि कृष्णमानले यौनशोषण गर्दा कानूनी व्यवस्थाबारे जानकार नहुँदा आफूले अत्याचार सहेर बस्नु परेको महिलाको भनाइ छ। आफ्नो गल्ती नहुँदा पनि महिलामाथि नै समाज खनिने डरले लामो समयसम्म आफू चुप बसेको उनले बताइन्।
आफूमाथि भएको अत्याचारबारे बोले ५ लाखमा कन्ट्याक किलर लगाएर मार्ने धम्क्याएको महिला बताउँछिन्। यस्तै पुलिस मेरो, प्रधानमन्त्री मेरो अनि अदालत मेरो, तिमी कहाँ जान्छौ कम्प्लेन गर्न ? भन्दै धम्की दिने गरेको ती महिलाले सुनाइन्।
यस विषयमा आरोपित कृष्णमान प्रधानसँग सम्पर्क गर्दा उनले समाचार सम्प्रेषण नगर्न दबाब दिएका छन्।