काठमाडौँ: राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन लगत सङ्कलन थालेको छ । आयोगले विभिन्न जिल्लाका २४ वटा पालिकामा लगत सङ्कलन थालेको हो ।
आयोगले सूचना निकालेर सम्बन्धित पालिकाका वडामा तोकिएका ठाउँमा खटिएका लगत सङ्कलकमार्फत् निवेदन आह्वान गरेको छ । जसअनुसार सुदूरपश्चिम प्रदेशमा बझाङको तलकोट गाउँपालिकाबाट निवेदन दिन सकिनेछ ।
यसैगरी कोशी, मधेस, बाग्मती, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा पनि पालिका तोकी निवेदन दिन आयोगले आग्रह गरेको छ । सूचनाअनुसार आजदेखि ३५ दिनभित्र निवेदन दिइसक्नुपर्ने छ ।
यस्तै, यसअघि लगत सङ्कलनमा छुटेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले पनि ३५ दिनभित्र निवेदन दिन सक्ने आयोगले जनाएको छ ।
Facebook Comments Box