डडेल्धुराः डडेल्धुरा जिल्ला अदालतका न्यायाधीश वालकृष्ण वाग्लेको सरुवा भएको छ। वाग्लेको बाँके जिल्ला अदालत सरुवा भएको हो।
उनको स्थानमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश दयाराम ढकाल आउने भएका छन्। शुक्रबार बसेको न्यायपरिषद् बैठकले ६० जना न्यायाधीशको सरुवा गरेको थियो। न्यायपरिषद्को निर्णयअनुसार वाग्लेको सरुवा भएको हो।
