धनगढी: कञ्चनपुरको पुनर्वासबाट यौन धन्दामा संलग्न एक समूहलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ। प्रहरीको प्रदेश अनुसन्धान समूह (आरआइटी)को टोलीले शुक्रवार पुनर्वास नगरपालिका वडा नम्बर – ३ स्थित आईबीआरडीबाट बजारमा रहेको आरके होटेलबाट यौन क्रियाकलापमा संलग्न होटेल सञ्चालक सहित ४ जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा दुई युवती एक युवक र होटेल सञ्चालक छन्। उनीहरूको परिचय भने प्रहरीले खुलाएको छैन। श्रोतका अनुसार आरके होटेलमा खुल्लेयाम यौन धन्दा भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा हानेको थियो। आरआइटीको टोलीले पक्राउ परेका चार जनालाई त्रिभुवन प्रहरी चौकीको जिम्मा लगाएको छ।
उक्त होटेलमा लामो समयदेखि यौन धन्दा भइरहेको थियो । होटेल सञ्चालकले युवतीहरूलाई काममा राखेर यौन धन्दा चलाइरहेका थिए।
Facebook Comments Box