काठमाडौं: पछिल्लो समयमा तीजका नाममा उच्छृङ्खलता र तडक भडक हुँदै आएको छ। एक महिना अघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्नेजस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको छ।
त्यसैलाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सूचना जारी गर्दै तीजका नाममा अनावश्यक तडक भडक नगर्न आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी किरण जोशीले अनावश्यक तडक भडक तथा फजुल खर्च नगरी असल संस्कारको विकास गर्न सूचनमार्फत आग्रह गरेकी छिन्। साथै उनले अनावश्यक तडक भडक तथा खर्चिलो हुनेगरी तीजका कार्यक्रम गरे/गराएमा सुरक्षा निकायबाट निगरानी गरि कानुन अनुसार कारबाही गर्ने चेतावनीसमेत दिएकी छिन्।
Facebook Comments Box