काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विप्लव समूहका नेताहरुसँग भेट गरेका छन् ।
आइतबार भएको भेटमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयनको विषयमा छलफल भएको विप्लव समूहका नेता धर्मेन्द्र वास्तोलाले बताएका छन् ।
तत्कालिन सरकारसँग भएको सहमतिअनुसार जेलमा रहेका आफ्ना नेता कार्यकर्ताको रिहाइ लगायतको विषयमा छलफल भएको जनाइएको छ ।
माधव नेपाल निवास कोटेश्वरमा भएको भेटमा विप्लव समूहबाट नेता वास्तोला र हेमन्तप्रकाश वली, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठ पनि सहभागी थिए ।
Facebook Comments Box