कञ्चनपुरः कञ्चनपुरको एक खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ।
शुक्लाफाँटा नगरपालिका-८ मा रहेको गौडी खोलामा डुबेर सोही ठाँउ नौखुरी बस्ने मान बहादुर डगौराको छोरी १३ वर्षीया सृष्टि डगौराको सोमबार मृत्यु भएको हो।
दिउँसो गौडी खोलामा नुहाउन गएकी सृष्टि घरमा नफर्केकोले खोजतलास गर्ने क्रममा खोलामा मृत अबस्थामा फेला परेको प्रहरीले बताएको छ।
यस सम्बन्धमा इलाका प्रहरी कार्यालय झलारीले थप अनुसन्धान गरिरहेको छ।
Facebook Comments Box