धनगढी : कञ्चनपुरको दोधारा चाँदनी–१ पशुपति टोलबाट लागु औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्।
आइतबार दिउँसो भीमदत्त नगरपालिका–५ सुकासालका २४ वर्षीय विक्रम सिंह नायक पक्राउ परेका हुन।
लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको संयुक्त टोलीले २.६२० ग्राम ब्राउन सुगरसहित उनलाई पक्राउ गरेको छ।
पक्राउ परेका नायकले लगाएको जुत्ताभित्र लागु औषध लुकाएका थिए। प्रहरी जाँचका क्रममा जुत्ताभित्र तीन पोकामा ब्राउन सुगर लुकाएको भेटिएको थियो।
नायकमाथि अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box