धनगढीः कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शनिबार राति कैलालीको घोडाघोडी नगरपालिका–४ डङडङ्गेस्थित सडकमा से५प २१०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटना हुँदा मोटरसाइकलमा सवार घोडाघोडी नगरपालिका–१ का २९ वर्षीय नरेश चौधरीको मृत्यु भएको प्रहरीले बताएको छ। दुर्घटनामा गम्भीर घाइते भएका चौधरीकोे घोडाघोडी अस्पताल सुखडमा सामान्य उपचार पश्चात निसर्ग अस्पताल धनगढीमा थप उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो।
यस्तै घाइते मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–४ का २२ वर्षीय विरेन्द्र चौधरीको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
Facebook Comments Box