बैतडी: संविधान दिवसको अवसरमा जिल्ला कारगार बैतडीमा कैदीबन्दी जीवन बिताइरहेका चार जनाको कैद मिनाहा भएको छ।
५० प्रतिशत कैद भुक्तान गरिसकेका, असल चालचलन भएका कैदीबन्दीहरुको कैदा मिनाहा भएको जिल्ला कारागार बैतडीकी प्रमुख धारा भण्डारीले बताइन्।
जिल्ला कारागारले ५ जना कैदीबन्दीको बाँकी कैद मिनाहाका लागि सिफारिश गरेको भएपनि चारजनाको मात्रै बाँकी कैद मिनाहा भएको भण्डारीले बताइन्।
कैद मिनाहा हुनेमा बझाङको बित्थडचीर गाउँपालिका ७ का बिर्खु भनिने बिर्ख लुहार, बैतडीको दोगडाकेदार गाउँपालिका १ का धनबहादुर कार्की, दशरथचन्द नगरपालिका ६का खेमराज महर र पाटन नगरपालिका ६ का रमेश बिष्ट रहेका छन्।
कैद मिनाह भएका चारैजना कैदमुक्त भएका जिल्ला कारागार बैतडीले जनाएको छ। २५ जना कैदीबन्दीको क्षमता रहेको जिल्ला कारागारमा अब ७५ जना कैदीबन्दी रहेका छन्।
Facebook Comments Box