काठमाडौं : अर्थतन्त्रमा देखिएको शिथिलताका कारण कालोसूचीमा पर्नेको संख्या ह्वात्तै बढेको छ ।
कर्जा सूचना केन्द्रका अनुसार चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा ८ हजार ८४९ व्यक्ति तथा कम्पनी कालोसूचीमा परेको पाईएको हो ।
बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण समयमा तिर्न नसक्दा र भुक्तानीका लागि काटिएका चेक समयमा नै नसाटिएर बाउन्स हुँदा कालोसूचीमा पर्नेको संख्या बढी छ । औसतमा दैनिक कालोसूचीमा पर्नेको संख्या १४७ छ ।
कालोसूचीमा परेका ८ हजार ८४९ व्यक्ति तथा कम्पनीमा १६९ व्यक्ति तथा कम्पनी लघुवित्त कालोसूचीमा परेका छन् भने बाँकी सबैलाई वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र सहकारीको सिफारिसमा कालोसूचीमा परेका हुन् ।
कर्जा सूचना केन्द्रका एक अधिकारीका अनुसार चेक बाउन्सका घटना बढ्दै गएका छन्, जसले गर्दा कालासूचीमा पर्नेको संख्या पनि बढ्दै गएको छ ।
काटिएको चेक नसाटिएका कारण कालोसूचमा पर्ने धेरै छन्, १०० वटा उजुरी आयो भने ८०(८५ वटा हाराहारीमा चेक बाउन्सका हुने गरेको पाइएको ती अधिकारीले बताए । हालसम्म ६४ हजार २३५ व्यक्ति तथा कम्पनी कर्जा सूचना केन्द्रको कालोसूचमा परेको उनले बताए ।
खातामा पैसा नभएका कारण काटिएको चेक नसाटिँदा ९चेक बाउन्स० र बैंक तथा वित्त कम्पनीबाट लिइएको ऋण भुक्तानीको समयावधि नाघेको ९० दिनसम्म पनि असुली नहुँदा कालोसूचीमा राख्ने व्यवस्था छ ।