कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकाले नदीजन्य पदार्थको उत्खनन्, संकलन र बिक्री वितरणमा रोक लगाएको छ । नगरपालिकाले ढुङ्गा, गिट्टी, वालुवा, ग्राभेल, माटोजस्ता नदीजन्य पदार्थको उत्खनन्मा प्रतिबन्ध लगाएको हो ।
महाकाली नदीको ‘इन्भारोमेण्टल इम्प्याक्ट एसेसमेण्ट, ईआइए’ को अध्ययन सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गरिरहेको र अन्य नदी तथा खोलाहरुको हकमा ‘आईईई रिभ्यु’ भइरहेकाले त्यस्ता कार्यमा रोक लगाइएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले सूचना जारी गर्दै अर्को निर्णय नभएसम्म उत्खनन्, संकलन र बिक्री वितरण गर्न नपाइने स्पष्ट पारेको छ । ‘भीमदत्त नगरपालिका क्षेत्रअन्तर्गतका नदी तथा खोलाहरुमा नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, वालुवा, ग्राभेल, माटो) उत्खनन, संकलन र बिक्री वितरण गर्ने कार्यमा रोक लगाइएको’, सूचनामा उल्लेख छ ।
Facebook Comments Box