धनगढीः सरकारी विद्यालय बन्द गराएर सुदूरपश्चिमका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन्।
सरकारले संसदमा प्रस्तुत गरेको प्रस्तावित विद्यालय शिक्षा विधेयकमा १८ बुँदे असहमति राखेर देशभरका सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरु आन्दोलनमा उत्रिएका छन् । प्रदेशभित्र रहेका चार हजार ३०१ शिक्षक शिक्षिकाहरु पनि बुधबार आन्दोलनकै लागि काठमाडौं पुगेका हुन्।
विद्यालय अनिश्चितकालीन बन्द गर्ने घोषणासहित राजधानी पुगेका शिक्षक–शिक्षिकाहरूका कारण प्रदेशभरका विद्यालय बन्द हुने अवस्थामा पुगेका छन्।
आन्दोलनका लागि शिक्षकहरू काठमाडौ पुगेपछि सुदूरपश्चिमका ९ लाख २० हजार ९३७ विद्यार्थीको पठनपाठन प्रभावित हुने देखिएको छ।
Facebook Comments Box