काठमाडौं: सशस्त्र प्रहरी बल नेपालले गए राती २ बजे बाग्मती नदीबाट एक व्यक्तिको सकुशल उद्धार गरेको छ। काठमाडौको दक्षिणकाली नगरपालिका – ८ कटुवालदह स्थित बाग्मती नदी किनारबाट सोही वडाको सिम्पानी राई टोल बस्ने ४० वर्षका रामबहादुर लामाको उद्धार गरिएको हो।
पानीको बहाव कम भएको बेला नदी पारी गएका लामा बहाव बढेसँगै वारि आउन नसकी नदी किनारको पहरामा फसेका थिए। सो बारे खबर प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल नं २० विपद् उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी निरीक्षक नारायण गुरूङ्गको कमाण्डमा ९ जना र सशस्त्र प्रहरी बल नेपाल नं १८ निलबाराही गण कीर्तिपुरबाट सशस्त्र प्रहरी निरीक्षक सन्तोस केसीको कमाण्डमा गएको १५ जनासहितको सुरक्षा फौजले रातको समयमा उनको सकुसल उद्धार गरेको हो ।
मोटरबोट सहित गएको फौजले रोप रेस्क्यु र अन्य बिधिको प्रयोग गरि उद्धार गरेपश्चात लामालाई आफन्तको जिम्मा लगाइएको छ ।