बैंग्लुरु: भारतको बैंगलुरुमा निसास्सिएर ४ जना नेपाली कामदारको मृत्यु भएको छ। डोडाबेलाभांगालामा अवस्थित एक पोल्ट्री फर्ममा काम गर्ने एकै परिवारका ४ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा ६० वर्षीय काले सरेरा, ५० वर्षीया लक्ष्मी सरेरा, ४० वर्षीया उषा सरेरा र १६ वर्षीया फूल सरेरा रहेका छन्।
केही हप्ता अघि मात्र नेपालदेखि त्यहाँ पुगेका उनीहरु पोल्ट्री फार्म नजिकै एउटा सानो झुपडीमा बस्दै आएक थिए। त्यहाँ उनीहरूले टिनको भाडामा काठ बालेर लामखुट्टे भगाउन धुवाँ पारेका थिए। तर, उक्त झुपडीमा भेन्टिलेसन राम्रो नभएका कारण अक्सिजनको कमी उनीहरूको मृत्यु भएको जानकारी दिइएको छ।
Facebook Comments Box