काठमाडौं: काठमाडौंबाट नेपालगञ्जतर्फ उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल डाइभर्ट गरिएको छ।
बिहान पौने ९ बजे उडेको विमान नवलपरासी पुगेपछि समस्या देखिएको थियो। त्यसपछि चालकले उडान नम्बर एसएचए ४३१ विमानलाई उडेको २५ मीनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ फर्काएका थिए।
Facebook Comments Box