काठमाडौँ: शिक्षक आन्दोलनका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। काठमाडौंको थापाथली, माइतीघर, सिंहदरवार, नयाँ बानेश्वर लगायतका क्षेत्रमा सवारी आवागमन ठप्प भएको हो।
शिक्षा विधेयकको विरोधमा बुधबारदेखि थालिएको प्रर्दशन बिहीबार समेत जारी छ। बुधबार शान्तिपूर्ण रूपमा उत्रिएका शिक्षकहरू बिहीबार भने केही उग्र देखिएका छन्।
आन्दोलनका कारण काठमाडौँका सबैजसो स्थानमा सुस्तरुपमा सवारीसाधन गुडेका छन्।
Facebook Comments Box