बाजुरा : शिक्षकहरुको आन्दोलनका कारण बाजुराका ५४ हजार बालबालिकाको पढाई प्रभावित भएको छ । शिक्षकहरू आन्दोलित भएपछि बाजुराका सामुदायिक विद्यालयहरु बन्द गरेपछि बालबालिकाको पढाई प्रभावित भएको हो।
शिक्षकहरु आन्दोलन गर्न काठमाडौंँ गएपछि विद्यार्थीहरू निराश हुदै घर फर्किएका छन्। सामुदायिक बिद्यनलयहरूमा केही शिक्षकहरु बाहेक कोही छैनन्।
कक्षाकोठामा विद्यार्थीलाई पढाउन छाडेर देशभरका शिक्षकहरु आन्दोलित हुँदा सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ । जिल्ला सदरमुकाम मार्तडी स्थित मालिका मावि, बालमन्दिर लगायत जिल्लाभरका २ सय ३९ सामुदायिक विद्यालय सुनसान बनेका छन् ।
सरकारले संसदमा प्रस्तुत गरेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयकविरुद्ध शिक्षक, विद्यालय कर्मचारीहरु आन्दोलित भएका छन ।
सो प्रस्तावित विद्यालय शिक्षा विधेयकमा १८ बुँदे असहमती राखेर शिक्षक महासंघका् घोषणा अनुसार आन्दालित भएपछि बाजुराका सामुदायिक विद्यालयमा अध्ययनरत ५४ हजार २ सय ३४ विद्यार्थीहरुको पढाई प्रभावित हु्ने भएको छ