डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिकाको बजेटमा व्यापक हेरफेर भएको भन्दै नगर प्रमुखसँग विशेष नगरसभा बोलाउनको माग गरिएको छ। माओवादी केन्द्रबाट निर्वाचित उपप्रमुख विमलाकुमारी बोहरासहित ३८ जना कार्यपालिका र नगरसभा सदस्यले बिहीबार नगरप्रमुख भरत बडायर जोशीलाई माग पत्र बुझाउँदै अविलम्ब विशेष नगरसभा बोलाउन माग गरेका हुन्।
नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट बनाउँदा नगर सभामासभाका सदस्यहरूका बीचमा व्यापक छलफल भई बजेट पारित गरिएको र बजेट पारित पछि हाल प्रकाशित बजेट पुस्तिकामा समग्र बजेटको सिलिङ नै बढ्ने गरी बजेटमा व्यापक हेरफेर भएकाले नगरसभा र कार्यापालिका सदस्यहरूको गम्भीर ध्यानाकर्षण नगरप्रमुख जोशीलाई बुझाइएको मागपत्रमा उल्लेख छ।
Facebook Comments Box