डडेल्धुराः पसल तोडफोड गरको आरोपमा डडेल्धुराका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको अमरगढी नगरपालिका–३ का ४८ वर्षीय गगनसिंह कठायत रहेका छन्।
कठायतले असोज १ गते राती सोही ठाउँका जयबहादुर साउदको डुणेश्वर खुद्रा पसल तोडफोड गरेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दिपककुमार कार्कीले जानकारी दिए।
डीएसपी कार्कीका अनुसार कठायतले पटकपटक पसल तोडफोड गरि पसलमा रहेका सरसामान खोलामा फालि पसल सञ्चालक साउदलाई दुख्ख दिने गरेका थिए।
करिब एक लाख रुपैयाँ बराबरको सरसामान खोलामा फालेको साउँदको आरोप छ। ‘असोज दुई गते जाहेरी दरखास्त प्राप्त भएको थियो। ३ गते दरखास्त दर्ता भएपछि घरबाटै पक्राउ गरिएको हो,’ उनले भने, ‘जिल्ला प्रशासन कार्यालय डडेल्धुराबाट १० दिनकोे म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेका छौ।’
Facebook Comments Box